सुनको भाउ तोलाको २ लाख ५० हजार नाघ्यो

अशोज ३०, २०८२ मा प्रकाशित
Published at अशोज ३०, २०८२

85 views

काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो । चाँदीको भाउ अस्ति अहिलेसम्मकै उच्च तोलाको तीन हजार तीन सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.