१९ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियन र भारतले अनुचित ढंगले नेपालको सार्वभौमिकता तथा संविधानसभाबाट संविधान बनाउने हकको अबमूल्यन गरेको बताउनु भएको छ ।
नेकपा एमाले संसदीय दलको संसद भवनमा आयेजित बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले युरोपेली युनियन र भारतले नेपालको मामिलामा अन्तराष्ट्रिय कानुन विपरित तथा संयुक्तराष्ट्र संघको प्रचलित स्थापित मूल्य र मान्यता विपरित विज्ञप्ती निकालेकोमा नेपालको गम्भीर ध्यानार्कषण भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भुकम्पको पीडामा परेको तथा भौगोलिक रुपमा सानो र जनसंख्या कम भएको मुलुक भन्दैमा नेपाल जस्तो स्वतन्त्र र सार्वभौम मुलुकको विरुद्धमा अन्य देशले विज्ञप्ती जारी गरी गर्ने कार्य कुनै पनि मित्र राष्ट्रले गर्न नमिल्ने पनि उल्लेख गर्नु भयो ।
पधानमन्त्री ओलीले नेपालले नयाँ संविधान जारी गर्दै लामो समयको द्धन्दलाई पनि व्यवस्थापन गरेको उल्लेख पनि गर्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपालमा अब कानुनी राजको स्थापना, शान्ति सुरक्षा कायम गर्ने,अपराध नियन्त्रण गर्ने र कालो बजारीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै विकासका कामलाई सरकारले अघि बढाउने पनि उल्लेख गर्नु भयो ।
बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले आगामी बजेटको तयारी तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडाले आगामी योजना तथा कार्यक्रमका वारेमा जानकारी गराउनु भएको थियो ।
बैठकमा बोल्दै सासंहरुले आगामी बजेटमा देशका प्रतेक गाविसहरुमा ५० लाख बजेटको विनियोजन गर्नु पर्ने ,निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ५ करोड बनाउनु पर्ने, लगायतका विभिन्न विकास तथा योजनाका वारेमा सरकार तथा सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रधानमन्त्री ओली ः चीन भ्रमण अत्यन्त सफल
चैत्र, १८
प्रधानमन्त्री केपी शर्मा ओलीले, आफ्नो चीन भ्रमण अत्यन्त सफल भएको र भ्रमणले नेपाल चीन वीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्र, नेपालले आज राजधानीमा आयोजना गरेको नेपाल चीन सम्बन्ध ः नयाँ आयाम र सम्भाव्यताहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, भ्रमणका बेला भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयनमा ल्याएर नेपालले लाभ लिन सक्नु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चीनको भ्रमण र त्यहांको विकासबाट धेरै सिक्ने अवसर पाएको अब आफ्नै मौलिकतामा नेपालको विकास गर्न सबैले तत्काल सोच्ने बेला आएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अबको हाम्रो सम्पुर्ण प्रयत्न आर्थिक विकासमा केन्द्रित हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत ऊ चुन्ताइले नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्त सफल रहेको र त्यसलाई चीनले महत्वका साथ लिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कंग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले, प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा आए नेपालको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
एकीकृत माओवादीका सांसद राम कार्कीले, चीनको विकासलाई हेरेर नेपालले आफ्नो विकासको लागि आफ्नै खाकामा विकास योजना अघि बढाउनु पर्ने बताउनु भयो ।
चीनका लागि नेपालका पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ पूर्व मुख्य सचिव लिलामणि पौडेल लगायतले चीनसंग धेरै पहिले हुनु पर्ने सम्झौता ढिलै भए पनि यो सरकारले गरेको छ भन्दै सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनु भयो ।
29.12¡ÆC