बेलकोटगढीको चिम्टेश्वर र भ्यू टावर क्षेत्रमा वृक्षारोपण गरिदै

साउन ८, २०८२ मा प्रकाशित | 617 views


नुवाकोट । बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर मन्दिर र भ्यू टावर परिसरमा राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढी नगर कमिटीको आयोजनामा वृक्षारोपण गरिने भएको छ ।

‘नविनता, सृजनशीलता र गतिशीलता’को नारा सहित यही साउन १० गते शनिबार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ । बृक्षारोपण ऐतिहासिक चिम्टेश्वर मन्दिर सहित भ्यू टावर परिसरमा गर्न लागिएको नेकपा एमालेका युवा नेता सूर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्थानीय जनचेतना अभिवृद्धि गर्न वृक्षारोपण गर्न लागिएको छ।

राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढी नगर समितिका अनुसार कार्यक्रमलाई प्रभावकारी र सहभागितामूलक बनाउने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढी नगर कमिटीका अध्यक्ष हरिशरण लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यक्रममा स्थानीय युवाहरू, समुदाय प्रतिनिधिहरू, जनप्रतिनिधि तथा संघीय संगठनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web