तीनधारे पिपलडाँडा माविले एसइईमा शतप्रतिशत ल्यायो, उर्तिण विद्यार्थी र पढाउने शिक्षकलाई सम्मान

असार २२, २०८२ मा प्रकाशित | 307 views


नुवाकोट । विदुर नगरपालिका–१२, पिपलडाँडामा अवस्थित तीनधारे पिपलडाँडा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० (एसइई) दिएर शतप्रतिशत नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख राजन श्रेष्ठले तीनधारे पिपलडाँडा माविमा आयोजित एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा मन्तव्य दिँदै भन्नुभयो,“एसईई परीक्षा केवल एक परीक्षा होइन, यो भविष्य निर्माणको आधारशिला हो।

तपाईंहरूजस्तो मेहनती र लगनशील विद्यार्थीहरू हाम्रो नगरको शान हुनुहुन्छ। शिक्षाले मात्रै व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ, त्यसैले अझ उच्च लक्ष्य राख्दै अध्ययनमा निरन्तर लागिरहनुहोस्। नगरपालिकाले सधैं शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ र विद्यार्थीहरूको हौसला बढाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।” उहाँले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको भूमिकाको पनि प्रशंसा गर्दै विद्यालयको शैक्षिक उन्नतिमा सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो

कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी “विद्यार्थीहरू हाम्रो भविष्यमाथि भरोसा हुन्। उनीहरूको सफलताको लागि विद्यालय र अभिभावकहरूको समर्थन अत्यावश्यक छ। मेहनत, अनुशासन र सकारात्मक सोचले मात्र जीवनमा उत्कृष्टता हासिल गर्न सकिन्छ। नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर सुधार ल्याउन प्रतिबद्ध छ र यस्ता सम्मान कार्यक्रमहरूले विद्यार्थीहरूको हौसला बढाउने काम गर्छ। म सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।” भन्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं १२ का अध्यक्ष उपिन्द्र खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम्जीप्रसाद भट्ट सहित पदाधिकारी, विषयगत शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एसइई परीक्षा सफलतापूर्वक उर्तिण भएका सम्पूर्ण विद्यार्थी तथा उनीहरूलाई मार्गदर्शन गर्ने शिक्षकलाई सम्मान गरिएको हो। विद्यालयका सबै विद्यार्थी उत्तीर्ण हुनुले शिक्षाको गुणस्तरमा सुधार आएको संकेत गरेको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web