‘खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिने काम गर्न चाहन्छु’– मन्त्री श्रीपाइली

साउन २०, २०७३ मा प्रकाशित | 1001 views

काठमाडौं,साउन २० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताएका छन् । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज पदबहाली गर्दै  मन्त्री श्रीपालीले सम्बन्धित पक्षबाट मित्रवत सहयात्राको अपेक्षा गरेको बताउदै खेलकुद र युवाको क्षेत्रमा सबैको सहयोगबाट नयाँ सन्देश दिने खाल्का कार्य गर्ने बताए । मन्त्री श्रीपाइलीले  भने, “खेलकुद बृहत् क्षेत्र हो, यसले सिङ्गै युवाको प्रतिनिधित्व गरेको हुन्छ, त्यसैले म यस क्षेत्रलाई नै नयाँ सन्देश दिने किसिमको काम गर्न चाहन्छु ।”

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य श्रीपाइली पहिलोपटक मन्त्री बनेका हुन् । विसं २०२६ मा रुकुममा जन्मिएका उनी सोही जिल्लाबाट प्रतिनिधित्व गरेका समानुपातिक सांसद हुन्। त्यस्तै उनी तत्कालीन जनमुक्ति सेना नेपालका पूर्वसहायक डिभिजन कमान्डरसमेत हुन्।  त्यसैगरी श्रीपाइली दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पिएलए स्पोर्ट्स क्लबका अध्यक्षसमेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web