‘म मरेको सपनाको मलामी होइन, मुर्छित सपनालार्इ बिउँझाउने मान्छे हुँ’

साउन २०, २०७३ मा प्रकाशित | 759 views

काठमाडौं,साउन २० । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन्। उनले भने,‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ।’  व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएलगत्तै बालकोटस्थित निवास पुगेका ओलीले भने,‘वर्षौ वर्ष नेपालमा मुर्छित भएको सपना मैले बिउँझाएको हो। मैले बिउँझाएको यो सपना २५ वर्षसम्म नेपालीले सम्झिरहनेछन्।’

उनले भने,‘जुन दिन म प्रधानमन्त्रीको कुर्सीमा बसे त्यो दिन भारतीयसँग बोलचालसम्म बन्द थियो, अहिले कूटनीतिक प्रयासबाट सामान्य भएको छ।’ भारतवेष्टितजस्तै रहेको नेपाललाई आफ्नो कार्यकालमा यो अवस्था अन्त्य गरी चीनसँगको सम्बन्धसमेत सुधार गर्न सफल रहेको दाबी ओलीले गरे।

‘एउटा देशमा मात्र भर पर्ने प्रथाको अन्त्य गर्यौं, यसले एउटा देशसँगग आत्मनिर्भरता अन्त्य गरेको छ। यो ऐतिहासिक उपलब्धिलाई आउने सरकारले कायम राख्नुपर्छ,’ओलीले भने। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web