काठमाडौं,साउन १८ । नयाँ प्रधानमन्त्री चयन गर्नका लागि व्यवस्थापिका संसदमा आज ११ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने भएको छ।आज उम्मेदवारी दर्ता र भोलि मतदान हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको सयम सीमामा कुनै प्रगति नभएपछि सोमवार बहुमतीय सरकार गठनको प्रक्रिया थाल्न आह्वान गर्नुभएको थियो । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्रीका लागि आज विहान ११ देखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । बुधवार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद बैठकमा चुनाव हुनेछ । संविधानको धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ । त्यसमा प्रस्तावमाथिको संक्षिप्त छलफलपछि प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ । यस्तो प्रक्रियामा संसदमा तत्काल बहाल रहेको कुल सदस्य संख्या ५ सय ९५ को बहुमत २ सय ९८ सदस्यको समर्थन प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ ।

17.12¡ÆC