फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

पुस ४, २०८१ मा प्रकाशित | 350 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।

यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।

जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

जनकपुरका नियमित कप्तान अनिल साह अहिले चोटग्रस्त छन्। उनले हिजोको खेल पनि गुमाए भने आज पनि उपलब्ध हुने छैनन्।

उनको स्थानमा आसिफ शेखले टिमको कप्तानी गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web