यू-१९ महिला एशिया कपमा पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

पुस १, २०८१ मा प्रकाशित | 309 views


काठमाडौँ । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।

नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो । पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् ।

याे जीतसँगै नेपाल ‘सुपर–४’ मा प्रवेश गरेकाे छ । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणकाे अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेकाे हाे । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र आयोजक मलेसिया छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web