संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

साउन ६, २०७३ मा प्रकाशित | 656 views

काठमाडौं,साउन ६ । आमरण अनसनमा रहनु भएका डा. गोविन्द केसीका मागहरुको सम्बन्धमा व्यवस्थापिका संसदमा अविलम्ब छलफलको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापा प्रस्तावक र कांग्रेसकै साँसद धनराज गुरुङ र सांसद श्याम  श्रेष्ठ काभ्रे, समर्थक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

प्रस्तावमा विगत ११ दिन देखि अनसनमा रहनु भएको डा. केसीको जीवान रक्षका लागि संसदले अविलम्ब पहल गर्न अपरिहार्य रहेको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वाथ्य शिक्षाका विषयमा यस अघि पनि संसदमा छलफल भएको र कार्यान्वयनका लागि सरकारलाई संसदले दिएको निर्देशन पालना भए नभएको सरकारसंग जवाफ माग्नु पर्ने उल्लेख छ ।

यसैगरी अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका कामबारे स्वतन्त्र छानविन र निरुपण गर्ने एक मात्र थलो संसद भएकाले त्यस विषयमा पनि अविलम्ब छलफल गरिनु पर्ने र डा. केदार भक्त माथेमाको प्रतिवेदन संसदसँग पनि गासिएको विषय भएकाले छलफल गर्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web