काठमाडौं,साउन ६ । शीर्ष नेताको बैठकमा सहमति नजसटेपछि संसदमा सूचना टाँस गरेर बैठक सारिएको छ । ११ बजेको लागि तय गरिएको वैठक २ बजेको लागि सारिएको हो । सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताबीच सिहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा सहमति नभएपछि दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् ।

एमालेले पहिला आर्थिक विधेयक पास नगरिए अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक अन्यौलमा परेको हो। अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र एमालेका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । आजदेखि तीन दिनसम्म अविश्वासको प्रस्तावमा छलफल हुने कार्यसूची प्रकाशित भएको थियो।

18.12¡ÆC