बाग्मती प्रदेशको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित

माघ २, २०७९ मा प्रकाशित | 657 views

मकवानपुर । बाग्मती प्रदेश सभाकोे उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । तीन जनाको प्रतिस्पर्धामा उहाँ निर्वाचित हुनुभएको हो ।

आज साेमवार दिउँसो प्रदेश सभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईंले एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदसमेतको गरी ६१ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र सात सांसद तटस्थ रहे । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

एमालेकी चापागाईंकाे प्रस्तावकमा माओवादीकी सांसद कुमारी मोक्तान र समर्थकमा आशा लामा रहनुभएकाे थियाे । चापागाईंकाे प्रतिस्पर्धी नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले हुनुहुन्थ्याे ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलवार सदनबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसअघि सबै प्रक्रिया टुङ्गिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web