मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

असार ३, २०७९ मा प्रकाशित | 563 views

काठमाडौँ । मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ठरोग पुष्टि भएको छ । ‘

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web