काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १३ जना निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २४ जनामा झरेको छ । २४ घण्टामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य छ ।
पछिल्लो २४ घण्टामा ६६ हजार एक सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।
16.49¡ÆC