म्यागङको चुनावी रौनक उत्कर्षमा, काँग्रेसको पकड तोड्ने माओवादी केन्द्रको तयारी

बैशाख २७, २०७९ मा प्रकाशित | 604 views

देउराली । यही बैशाख ३० गते हुन लागिरहेको स्थानीयतहको निर्वाचनमा यसअघि नुवाकोटको गाँउपालिकाको बहुमत स्थानमा बिजयी हासिल गरेको नेपाली काँग्रेस यो पटक भने प्रतिस्पर्धामा अरु पाटी सरह देखिएको छ । यसअघिको चुनावमा काँग्रेसका उम्मेदवार अरु पाटीसंगको प्रतिस्पर्धामा निकै अग्रस्थानमा एकल शक्तिको रुपमा देखिने गरेको नेपाली काँग्रेस यो पटक भने नेकपा एमाले र माओवादी केन्द्र सरह त्रिपक्षीय प्रस्पिर्धामा देखिएको छ ।
नुवाकोटमा १२ स्थानीयतहमध्ये १० गाँउपालिकामा ७ वटामा काँग्रेस, दुई वटामा माओवादी केन्द्र र एकवटामा नेकपा एमालेले बिजयी हासिल गरेको थियो । अहिले नेकपा एमालेलाई एक्लाएर अघि बढ्ने नीति अनुसार सत्तारुढ दलहरुबीच तालमेल गरेर अघि बढ्ने बताएपनि दुई नगरपालिका र एक गाँउपालिका तारकेश्वरमा बाहेक अन्यत्र काँग्रेस र माओवादी केन्द्रबीच तालमेल नहुदाँ चुनावको नतिजा निकै बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि काँग्रेसले जितेको म्यागङमा यो पटक कस्ले जित्ने मुख्य तीनदलबीचको प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका आसा तामाङ, नेकपा एमालेका मेघनाथ तामाङ र नेकपा माओवादी केन्द्रका सुकबहादुर तामाङ मुख्य प्रतिस्पर्धामा देखिएका छन् । नेकपा एमालेको लागी उम्मेदवारी दर्ताको दिन आन्तरिक विवाद र खुकुरी सहितको शक्तिप्रदर्शनले कमजोर बनाएको छ भने काँग्रेसका उम्मेदवारको लागी पाटी भित्रको गुट विवाद मुख्य बाधक देखिएको छ ।
फरक गुटको भएको भन्दै यसअघि वडाध्यक्ष जितेर सफल कार्यकाल चलाएको रुपबहादुर तामाङ, कमलबहादुर तामाङ र आतमसिंह तामाङले पुनः वडाध्यक्षको लागी टिकट नपाउदा कमलबहादुर तामाङले बागी उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको उपाध्यक्ष शान्ति गुरुङले एकै गुटको भएपनि पुनः अपाध्यक्ष पदको लागी टिकट नपाएसगैँ यसअघिको चुनाव जितेको टिमलाई अब चुनाव जित्न कठिन देखिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता काजीमान डंगोल सहितका एकसय जना कार्यकर्ताहरु नेकपा एमालेतर्फ लागेकाले कमजोर हुने अनुमान गरिएको नेकपा माओवादी केन्द्र भने सुधारात्मक देखिएको छ । यसअघिको चुनावमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र म्यागङमा यो पटक पार्टीका केही नेताहरु नेकपा एमाले तिर लागेपनि संगठन थप मजबुद, चलायमान, युवाहरुको सहभागिताले जितको लागी आवश्यक मत ल्याउनको लागी यो पटक अवसर र चुनौती दुवै देखिएको छ ।
साना पाटीको तर्फबाट म्यागङ गाँउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मानसिंङ तामाङ, जनता समाजवादी पार्टीबाट, विजय तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रदिक्षा वाइवा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट दिएको उम्मेदवार ल्याउने मतले ठूला तीन दलको समिकरण परिर्वतन गराउन सक्ने पनि देखिएको छ ।
म्यागङको उपाध्यक्ष पदमा गंगामाया तामाङ नेकपा एमाले, सिता वाइवा–तामाङ नेपाली कांग्रेस, सम्झना गुरुङ नेकपा माओवादी केन्द्र, पैकु तामाङ जनता समाजवादी पार्टी र शन्तबहादुर तामाङ मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
म्यागङमा बैशाख ३० गतेको चुनावको लागी १२ हजार ५७८ जना कुल मतदाता रहेका छन् । त्यो मध्ये ६ हजार १७७ जना पुरुष मतदाता र ६ हजार ४०१ जना महिला मतदाता रहेको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web