४ सय ७६ जनामा कोरोना पुष्टि

फाल्गुन १०, २०७८ मा प्रकाशित | 627 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नाै हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकाेमा चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गएका छन् । याेसहित काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय २८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएकाे छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ मात्रा खोपको प्रयोग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web