काठमाडौँ । गएको २४ घण्टामा नेपालमा काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १२ जनाको ज्यान गएको छ । आज थपिएकासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ६९ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । एन्टिजेन, आरडीटी र पीसीआर गरी ११ हजार आठ सय ८० जनाकाे नमुना परीक्षण गर्दा एक हजार तीन सय ६९ जनामा सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई हजार दुई सय ३८ जना निको भएका छन् । अब नेपालमा २९ हजार चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच २४ घण्टामा २२ हजार ६ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ४६ लाख २५ हजार ६ सय एक मात्रा खोपको प्रयोग भएको मन्त्रालयले जनाएको छ ।
20.98¡ÆC