६ असार, काठमाडौं ।
तराई मधेस लोकतान्त्रिक पार्टी 'तमलोपा' को प्रथम राष्ट्रिय महाधिवेशन सोमबारबाट नवलपरासीमा शुरु भएको छ ।
महाधिवेशनको पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो ।

हाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्नुभयो ।

महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका नेता भगतसिंह कोसियारी, राष्ट्रिय जनता दल केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुभकामना दिनुभएको थियो ।

महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

संविधान पुनर्लेखन हुँदैन–सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा मन्त्री राइले मोर्चाले राखेको सात बुँदामध्ये एउटा बुँदाले उनीहरूको नियतमा अझै पनि खोट रहेको प्रस्ट देखिएको बताउनुभयो ।

उहाँले अहिलेसम्म सरकारको कारण नभई मधेसी मोर्चाकै कारण वार्ता हुन नसकेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रसँग एकता हुन सक्दैन– वैद्य

नेकपा 'क्रान्तिकारी माओवादी' का अध्यक्ष मोहन वैद्यले नेकपा ९माओवादी केन्द्र० सँग एकता हुन नसक्ने बताउनुभएको छ ।

पार्टीको राष्ट्रिय भेलाको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो ।

पार्टीका नेता सिपी गजुरेलले ‘पार्टीको भावी कार्यदिशा’बारे प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अब एकता, सङ्घर्ष र रुपान्तरणका बीचबाट अगाडि बढ्ने बताउनुभयो ।

सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ ः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समस्याबाट निकास दिन सबै दलले मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले आज इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन गर्न सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गर्नु पर्ने बताउनु भयो । आन्दोलनकारी पनि बार्ताप्रती लचक हुनै पर्ने उहाँले बताउनुभयो ।

25.12¡ÆC