३,२७४ जनामा सङ्क्रमण पुष्टि

भदौ १, २०७८ मा प्रकाशित | 452 views

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार चार सय ५६ र एन्टिजेन परीक्षणमा आठ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार पाँच सय ६५ जनाको पिसिआर परीक्षण र ६ हजार एक सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर ३९ हजार आठ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार नौ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार तीन सय ५४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web