थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

साउन २२, २०७८ मा प्रकाशित | 392 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७२९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २४३० र ६१८२ एन्टिजेन परीक्षणमा १२९९जना गरी ३७२९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । प

छिल्लो २४ घण्टामा १८८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web