अस्पतालको सिटी स्क्यान मेसिन दुई वर्षसम्म पनि बनेन

असार २८, २०७८ मा प्रकाशित | 399 views

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान सेवा बन्द छ । अस्पतालमा रहेको मेसिन बिग्रिएपछि कोरोनाको दुईवटै लहरमा बिरामीहरुले सिटी स्क्यान गर्न पाएनन् ।

दोस्रो लहरको कोरोना महामारीमा संक्रमितको छातीमा संक्रमण देखियो, तर सिटी स्क्यान मेसिन बिग्रिँदा संक्रमितहरुलाई बाहिर लैजानुपर्ने अवस्था सिर्जना भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । बाहिर जान नसक्ने बिरामीलाई एक्सरेकै भरमा चिकित्सकहरुले उपचार गरे ।
नारायणी अस्पतालले निजी अस्पतालले भन्दा सस्तोमा सेवा दिंदै आएकोमा मेसिन बिग्रिएपछि बिरामीहरु मर्कामा परेका छन् । टाउकोको सिटिस्क्यान अस्पतालमा ३ हजार रुपैयाँ थियो । यो बाहिरभन्दा ५ सयदेखि १ हजार रुपैयाँ सस्तो हो । अन्य भागको सिटिस्क्यानको पनि निजीमा भन्दा नारायणीको शुल्क कम छ ।

सिटी स्क्यान गर्ने मेसिन बिग्रिएकाले दुई वर्षदेखि सेवा बन्द रहेको अस्पतालका रेडियो टेक्नोलोजिष्ट प्रदीप साहले जानकारी दिए । ‘बिग्रिएको मेसिन मर्मत नहुँदा झण्डै दुई वर्षदेखि सिटिस्क्यान सेवा बन्द छ,’ साहले भने, ‘अस्पतालमा आएका बिरामीलाई बाहिर सिटिस्क्यान गराउनु पर्दा चर्को शुल्क तिरेर सेवा लिनुपर्छ ।’

स्वास्थ्य सेवा विभागले २०७३ सालमा नारायणी अस्पताललाई साढे आठ करोड रुपैयाँको सिटिस्क्यान मेसिन उपलब्ध गराएको थियो । तीन वर्षसम्म मेसिनले काम ग¥यो । २०७६ वैशाखमा मेसिन बिग्रियो । तर मेसिन बिग्रिएको दुई वर्ष बितिसक्दा समेत मर्मत हुन सकेको छैन । मेसिन बिग्रिएर थन्किएपछि अस्पतालको सिटिस्क्यान विभागमा ताल्चा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web