जापानमा प्रेस मेसिनमा टाउको च्यापिएर नेपाली युवाको निधन

कार्तिक १८, २०७७ मा प्रकाशित | 1675 views

गोकर्ण अधिकारी,

यामानासी, जापान । जापानमा यामानासी केनको फुएफुकी शहरमा प्रेस मेसिनमा टाउको च्यापिएर एक

नेपाली युवाको निधन भएको छ । फुएफुकी शहर स्थित एक फलाम कम्पनीमा कार्यरत २७ बर्षिय सन्तोष दाहालको

निधन भएको हो ।

समाचार अनुसार नोभेम्बर २ तारिख बिहान ११ बजेको समयमा सो घटना भएको हो । स्वाइ सेईकी मुख्यालयको योनेकुरा कारखानामा रहेको धातु प्रशोधन कम्पनीमा

एक कामदार च्यापिएको देखेपछी सँगै काम गर्दै आएका अर्का कर्मचारीले अग्नि नियन्त्रण कार्यालयमा फोन गरेका थिए ।

प्रहरी र उद्दारकर्मीहरुले दाहालको उद्दार गरि फुएफुकी शहरमा रहेको अस्पताल पुर्याएपनी उनलाई तत्काल मृत घोषणा गरिएको थियो ।

प्रहरीका अनुसार घटना भएको समयमा निधन भएका दाहाल एक्लै काम गरिरहेका थिए । दुई मिटर अग्लो प्रेस मेशिनमा मेटल थिच्ने काम गरिरहँदा मेसिन अचानक

ढल्न पुगेको जस्तो देखिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान थालिएको प्रहरी भनाई छ ।

दुखद घटनामा निधन भएका दाहाल श्रीमत र छोरीको साथमा सपरिवार जापानमा बस्दै आएका थिए ।

निधन भएका सन्तोष दाहालको नेपाल घर कास्की जिल्ला, साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत कयरबारी भएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web