विदुर । नेपाल टेलिकमले नेटवर्क अपरेसन सिस्टम सफ्टवेयर जडान गर्ने भएको छ । नेटवर्कमा आउने प्राविधिक समस्यालाई तिव्र रुपमा समाधान गरि सेवालाई प्रभावकारी बनाउन सफ्टवेयर जडान गर्न लागिएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेटवर्कमा आउने समस्याको समयमै समाधान गरि सेवालाई सुचारु गर्न सहज हुने भएकाले सफ्टवेयर जडान गर्न लागिएको जानकारी दिनुभयो ।

सफ्टवेयरमार्फत सम्पूर्ण रेकर्ड टेलिकमलाई उपलब्ध गराउने व्यवस्था मिलाउन लागिएको छ । सफ्टवेयर जडान पछि नेटवर्कमा समस्या आए प्राविधिकको मोबाइलमा म्यासेज आउँछ र उनीहरू तत्काल मर्मतमा जुट्न सहज हुने विश्वास लिइएको छ ।

28.13¡ÆC