ज्याक खड्का -टोकियो ।

मोडलिगं र फेसनमा रुची राख्नेहरुका लागि लक्षित गरेर जापानमा पहिलो पटक आयोजीत मिस एण्ड मिसेस जापानको ग्राण्ड फिनाले फेब्रुवरी १८ तारिखमा हुने भएको छ ।

प्रतिस्पर्धामा सहभागी मध्ये फाइनल प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गर्दै आयोजकले ग्राण्ड फिनालेको मिति र स्थान घोषणा गरेको हो ।

पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेशनको संयुक्त आयोजनामा भएको प्रतिस्पर्धाको व्यवस्थापन डेश्टिनी क्रियसनले गरेको छ । टपनेपालन्युजडटकम कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको छ ।

जापानी सहित नेपाली ६ जनाको निर्णायक टोलीबाट अन्तिम प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिएको आयोजक संस्था शिन्जोउ कर्पोरेशनका निर्देशक उत्तम श्रेष्ठले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

अन्तिम प्रतिस्पर्धामा दुवै विधाबाट कुल ३७ जना छनौट भएका छन् । जसमा मिसेस जापानको लागि ७जना अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन् । मिस जापान २०१८ को लागि भने ३० जनाको नाम सार्वजनिक गरिएको छ ।

नेपालबाट समेत मोडलिंग र कोरियोग्राफीको क्षेत्रमा परिचित प्रिया रानी लामा अन्तिम निर्णायक मण्डलको रुपमा सहभागी हुन लागेको आयोजकले जानकारी दिएको छ ।

जापानमा हाल प्रशिक्षण र निर्णायक टोलीमा रहेकाहरुको नाम भने आयोजकले प्रतिस्पर्धालाई स्वस्च्छ र धाँधली रहित बनाउन भन्दै सार्वजनिक गरेको छैन ।

कार्यक्रमको फिनाले एक भव्य सांगितिक कार्यक्रम सहित यहि फेब्रुवरी १८ तारिख आईतबार टोकियो ईताबासी ओयामा ग्रिन हलमा साँझ ६ बजे हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकले दुवै विधामा प्रथम हुनेले ताज सहित नगद पुरस्कार पाउने बताएपनि पुरस्कारको विस्तृत विवरण यही फेब्रुवरी ५ तारिखमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।

प्रतिस्पर्धामा सहभागीमध्ये टपनेपालन्युजडटकमलाई प्राप्त केही तस्विरहरु

कृपयाँ सहभागीहरुले आफ्नो विवरण सहित तस्विर र आफ्नो कलाको भिडियो भएमा उल्लेखित ईमेलमा पठाउनुभएमा प्रकाशित गर्नेछौं ।

topnepalnews@gmail.com

japansamachar@gmail.com

25.12¡ÆC