टोकियो कान्दा करी प्रतिस्पर्धामा सपना ग्रुप दोस्रो बन्न सफल

कार्तिक २१, २०७४ मा प्रकाशित | 4651 views

टोकियो ।

जापानको टोकियोमा भएको इण्डियन र जापानीज करी प्रतिस्पर्धामा नेपाली रेष्टुरेण्ट सपना ग्रुप रेष्टुरेण्ट दोस्रो बन्न सफल भएको छ ।

कान्दा करी ग्राण्ड प्रिक्स प्रतिस्पर्धामा सहभागी २ हजार बढी रेण्टुरेण्टहरुको प्रतिस्पर्धामा जापानी नागरिकहरुले गरेको मतको आधारमा सपना दोस्रो भएको हो ।

कान्दा च्योदाकु ऐरियामा रहेको जिम्बोच्यो, कान्दा, सुइदोउबासी, इइदाबसी एरियाभित्र रहेको जापानी र इण्डियन करी प्रतिस्पर्धामा करिव २२ सय रेष्टुरेण्टहरुले प्रतिस्पर्धामा सहभागीता जनाएका थिए ।

सहभागीताको लागि आवेदन दिएका रेष्टुरेण्टमध्येबाट प्रारम्भिक अनलाईन मत तथा खाना खाएका ग्राहकहरुले दिएको प्रतिक्रियाको आधारमा अन्तिम प्रतिस्पर्धामा २२ रेष्टुरेण्ट छनौट भएको सपना ग्रुपका मेनेजर जयराम अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम छनौटमा परेका रेष्टुरेण्टहरुमा खाना खाएका ग्राहकहरुको लिखित प्रतिक्रिया तथा अनलाईनमा दिएको मतको आधारमा भएको छनौटबाट सपना रेष्टुरेण्ट दोस्रो बन्न सफल भएको हो ।

प्रतिस्पर्धामा दुई दर्जन बढी नेपाली रेष्टुरेण्ट तथा दर्जनौं इण्डियन करी रेष्टुरेण्टहरु सहभागी भएका थिए ।  प्रतिस्पर्धामा ओच्यानेमिजु दाइस्योकेन जापानीज खारे पहिलो भएको थियो ।

सातौं पटक भएको यो प्रतिस्पर्धामा पहिलो पटक नेपाली व्यवसायीले सञ्चालन गरेको रेष्टुरेण्ट उत्कृष्ठ तिनमा पर्न सफल भएको हो ।

सपना ग्रुपले जापानको सुइदोउबासी, इइदाबासी, किन्स्चो, इकिबुकुरो, खागुराजाका, थाकेबासी लगायत स्थानमा १० वटा शाखा रहेको छ ।

नेपाली युवा व्यवसायी भुवन अधिकारीले सञ्चालन गरेको सपना ग्रुपले नेपालमा आफ्नै उत्पादनमा मुस्तागं बियरको उत्पादन गरि जापानमा विक्रि वितरण समेत गर्दै आएको छ ।

सपनाको दशौं शाखा इकिबुकुरो इसोला बिल्डिङ्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web