सांसदको सुविधा बढाइँदै, मासिक तलब ५६ बाट ९० हजार पुग्ने

जेष्ठ २४, २०७३ मा प्रकाशित | 892 views

काठमाडौं,जेठ २४ । संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ। सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक  स्वतः सांसदहरुको समेत बढ्नेछ।

त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो। बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ।  मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन्। त्यसका अतिरित्त वैठक बसेको दिन यातायात खर्च १ हजार र वैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ। यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सयय रुपैयाँ बैठक भत्ता थियो।  कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web