तुलसीपुर ।

दाङको सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।

दंगीशरण गाउँपालिका २ स्थित तिल कन्या सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई जिल्ला वन कार्यालय दाङले उद्धार गरेर उपचारपछि शनिबार राष्ट्रिय निकुञ्जमा लगेर छोडेको हो ।

घाइते अवस्थामा भेटिएको अजिङगरको लम्बाई ७.५ फिट र ९ इन्च मोटाई भएको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिनुभयो ।

शुक्रबार वन छेउमा अजीङगर भेटिएपछि गोल्टाकुरी प्रहरी र्चौकीमा राखीएको थियो ।

19.12¡ÆC