महोत्तरी ।

पछिल्लो समय महोत्तरीको बर्दिवासमा डेङ्गु सङ्क्रमणका आधा दर्जन बिरामी फेला परेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सतर्कता अपनाएको छ ।

कार्यालयले बर्दिवासमा डेङ्गुसम्बन्धी सचेतनामूलक अभियान सुरु गर्नुका साथै यसबाट बच्नसक्ने उपायबारे विभिन्न स्थानमा जानकारी प्रदान गरेको छ ।

बर्दिवास नगरपालिकामा चार जना र हात्तीलेटमा दुई जनागरी छ जनामा डेङ्गु सङ्क्रमित प्रमाणित भएको कार्यालयका प्रतिनिधि भागिरथा यादवले जानकारी दिनुभयो ।

छ जनामध्ये दुई जना उपचारपछि घर फर्किसकेको, दुई जनाको काठमाडौँ र दुई जनाको बर्दिवासमै उपचार भइरहेको यादवले जानकारी दिनुभयो ।

17.46¡ÆC