नेपाल र भारतका पाँच स्रष्टालाई नइ पुरस्कार

चैत्र १६, २०७३ मा प्रकाशित | 1402 views

काठमाडौं ।
नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच महानुभावलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले दुई लाख राशिको ‘नइ देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य मोदनाथ प्रश्रितलाई रु एक लाख राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ सुश्री शान्ता श्रेष्ठलाई रु ५० हजार राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्य सचीब नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो ।

यस्तै नेपाली तथा मैथिली भाषा साहित्य तथा पत्रकारिताका क्षेत्रमा समर्पित धीरेन्द्र प्रेमर्षिलाई रु २५ हजार राशिको ‘नइ खरा गौरव पुरस्कार’ समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रतिभा सुश्री नानी थापालाई रु १५ हजार राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरिने छ । राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबु’को सहयोगमा सात वर्षअघि ती पुरस्कार स्थापना भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web