जन्म,मृत्यु,विवाह,बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता अब अनलाइनबाटै हुने

चैत्र ९, २०७३ मा प्रकाशित | 2540 views

काठमाडौं,चैत ९ – सरकारले सबै स्थानीय तहहरुमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ताको प्रक्रिया थालेको छ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको हो ।आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने अनलाईन वाटै सुरु हुनेछ ।

गत फागुन ३० गतेको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यालयलाई व्यक्तिगत घटना दर्ता केन्द्रीय व्यवस्थापन सूचना प्रणाली (एमआइएस) अनुसार गर्न निर्देशन दिएको हो। नेपालमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानीय तह छन्।

सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ। अनलाइृन दर्ता गर्दा तोकिएको वेबसाइटमा गएर तपाईँ घटना दर्ता गर्न सक्नुहुन्छ। जस अन्तर्गत जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना अपर्नेछन् । तपाईँले आफ्नो विवरण पठाएपछि एउटा कन्फर्मेसन नम्बर (टोकन नम्बर) पाउनुहुनेछ। त्यही नम्बरका आधारमा कार्यालयहरुले सेवा दिनेछन्।

फेरिए फारम

सरकारले संघीयता कार्यान्वयनलाई प्रथामिकता दिँदै व्यक्तिगत घटना दर्ताका फारम पनि परिवर्तन गरेको छ। अब जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद लगायत व्यक्तिगत घटना दर्ताका लागि तोकिएको फारममा सेवाग्राही बसोबास गरिरहेको स्थानीय तह र वडासँगै जिल्ला र प्रदेश पनि उल्लेख गर्नुपर्ने छ। अनलाइनमा अभ्यस्त नभएका सेवाग्राहीका लागि भने कागजी फारम उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web