<p>पप्पु गुरुङ्, ५ चैत्र, माहाकाली । स्थानीय तहको चुनाव घोषणा संगै देश भर मेयर र गाउपालिकाका अध्यक्ष बन्न दौडधुप सुरु भएको छ । सरकारले हालै घोषणा गरेको माहाकाली नगरपालिका मेयरका लागि कांग्रेस, नेकपा एमाले, राप्रपा, माओबादी भित्र मेयरको टिकट कसले पाउने भन्ने प्रतिस्पर्धा तिव्र छ । दोधारा चाँदनी नगरपालिका अर्थात महाकाली नगरपालिका मेयरका लागि अहिले दर्जनले आकांक्षा देखाएका छन् । कांग्रेस भित्र नगर सभापती डम्मर चन्द, महाधिवेशन प्रतिनिधी सदस्य बेल बहादुर राना, क्षेत्रिय सभापती गोपाल भट्ट र नेपाली काग्रेंस पुर्व दोधारा गाबिस सभापती धन बहादुर शाही र मदन लाल सुनारले आफ्ना पक्षकालाई मेयरमा टिकट दिलाउन लविङ सुरु गरेका छन् । यस्तै नेकपा एमालेमा किशोर कुमार लिम्बु, हरसिंह धनाडी, चिनी गिरी पनि मेयर उम्मेदवारका आकांक्षी देखा परेका छन् । पार्टी पंक्तीमा उनिहरुको लबिङ्ग यथावतनै जारी रहेको श्रोतको दाबी छ् । नेकपा एमालेमा किशोर कुमार लिम्बुको मेयर पदको लागी टिकट पाउने प्रबल सम्भावना रहेको बताईएको छ् । पछिल्लो समय कार्यकर्ता माँझ लोक प्रिय किशोर कुमार लिम्बु मेयरका प्रमुख दावेदार हुन् । एमालेमा राम्रो प्रभाव रहेको महाकाली नगरपलिकाबाट लिम्बुले टिकट पाए सहजै जित्ने सक्ने एमाले युवा कार्यकर्ता बताउदै आएका छन् । नेकपा माओबादीमा भरत भट्ट, ईन्द्र बहादुर रावत, धन बहादुर दमाई, पर्शुराम सुनार, भक्त बहादुर सुनार, चन्दन थापा मगर आकांक्षी उम्मेदवारमा देखा परेका छन् । माओबादीमा कस्ले टिकट पाउला भन्ने अनुमान गर्न गाहे रहेको माओबादी पार्टी श्रोतले जनाएको छ् । राप्रपामा भिम कुमाल, नन्दी खत्री, धनसरी चन्द देखा परेका छन् । राप्रपामा हालै युवा पिडिका नेता भिम कुमालले मेयरको टिकट पाउने प्रबल सम्भावना देखा परेको राप्रपा समाचार श्रोतको भनाई रहेको छ् भने पुर्व मानिनिय ईन्द्र खत्रीका श्रीमती नन्दा खत्रीले टिकट पाउने सम्भावना पनि त्यत्तीकै प्रबल भएको आकंलन गर्न सकिन्छ् । यस्तै नयाँ शक्ती पार्टीमा भने केन्द्रको निणय अनुसार निर्वाचनमा जाने नजाने बिषयमा छलफल पछि मात्रै उम्मेदवार निर्वाचन मैदानमा उतार्ने बताएको छ् । यस्तै राष्ट्रिय जनमोर्चा, संघिय समाजबादी पार्टी र नेकपा मालेको भने निर्वाचनको खासै चहल पहल देखिएको छैन् । महाकाली नगरपालिकाको मेयरमा चुनाव जित्न जातिय र क्षेत्री सन्तुलन मिलाउनै पर्ने भएकाले पनि मेयरको टिकट दिदा धेरै सोच विचार गरेर दिन ुपर्ने पुराना नेताहरुको धारणा छ । महाकाली नगरपालिकामा दलित तथा जनजातीको अधिकांश बाहुल्यता छ । त्यसमा पनि झण्डै ४० प्रतिशत जनजाति बाहुल्य छ । साबिकाको दोधारा गाबिसको हकमा डडेल्धुरा, बैतडीबाट बसाई सरेका घरधरी कम छन भने, त्यसको बिपरित साबिकको चाँदनी गाबिस क्षेत्रमा उनिहरुको बाक्लो जनघनत्व देखिन्छ् । त्यसैले बसाई सराई तथा जातीय बिषयलाई समान्तर आंकल समेत गर्दै उम्मेरवार दिन पार्टीले सोच्ने गरेको बताईएको छ् । बसाई सराई तथा जातीयको गणित गरेर पार्टीले टिकट दिलाउनै पर्ने बाध्यात्मक अवस्था देखिन्छ । जातिय र क्षेत्रीय सन्तुलन मिलाएर मेयर टिकट दिदा प्रभाव पर्न सक्ने आकंलन पुराना नेताहरुको धारणा ब्यक्त गर्दछन् । त्यसैले रणनीति जिल्लाको रुपमा रहेको माहाकाली नगरपालिका मेयरका लागि सबै ट्रयाक मिलाएर टिकट दिलाउने र कुनै पनि हालतमा आफ्नो उम्मेदबार जिताउने केन्द्रको रणनीति रहेको पार्टीहरु श्रोतले जानकारी दिएको छ् ।</p><div><br></div>
21.58¡ÆC