सीमानामा लडाइ लडेर शहिद भएका गौतमको अन्त्येष्टिमा टायरको चिता

फाल्गुन ३०, २०७३ मा प्रकाशित | 1091 views

<p>काठमाडौं, ३० फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट &nbsp;मृत्यु भएका कञ्चनपुर पुनर्वास नगरपालिका –८ का गोविन्द गौतमको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरिए पनि चितामा भने टायरको प्रयोग गरिएको छ । प्रहरीले ११ तोपको सलामी पनि दियो । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दाग बत्ती दिए। उनलाई राष्ट्रिय झण्डा ओढाइएको थियो । तर अन्त्येष्टिको चितामा टायर पनि राखिएको पाईएको छ । नेपाल–भारत सीमा भन्दा निकै वर आनन्द बजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका सयौ सहभागी भए । यस अघि धनगढी स्थित सेती अञ्चल अस्पतालबाट उनको शव यात्रा निकालिएको थियो । शव यात्रा धनगढी, डोके बजार, चौराहा, त्रिनगर भन्सार हुदै दोदा लगिएको थियो । उहाको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहि बेर राखिने भनिए पनि समय अभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो। नेपाल–भारत २०० नम्बर सीमा स्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिक बीच विवाद भएको थियो । उक्त विवादलाई लिएर झडकको स्थिति हुने देखिए पछि नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो ।</p><p><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web