मेची–काली अभियानमा एमाले प्रवेश गर्नेको तछाड मछाड ! कांग्रेस र माओवादीबाट सयौं पार्टी प्रवेश

फाल्गुन २२, २०७३ मा प्रकाशित | 686 views

झापा, २१ पुस । नेकपा एमालेले पूर्वको काकडभिट्टाबाट शनिबारदेखि शुभारम्भ गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा पार्टी प्रवेश गर्नेको तछाड मछाड भएको छ । स्थानीय निर्वाचनको मिति घोषणा भएसँगै पछिल्लो समय एमालेमा प्रवेशको लहर चलेका बेला आजदेखि सुरु भएको अभियानको पहिलो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एक हजारभन्दा बढी पार्टी प्रवेश गरेका हुन् । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार ३५ वर्षदेखि कांग्रेसमा रहेका नेता विनु पाठक, विर्तामोडका डा लक्ष्मी मैनालीसहित विभिन्न पार्टीका हजार भन्दा बढी नेता कार्यकर्ता लाइन लागेर पार्टी प्रवेश गरे । ‘नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, लिम्बुवान, वैद्य र विप्लव लगायत सबै पार्टीबाट ठूलो संख्यामा एमाले प्रवेश गरे,’ अध्यक्ष पाठकले दैनिक नेपालसँग भने– ‘झापाको काकरभिट्टा, विर्तामोड र दमकमा भएका तीनवटै सभामा हजार भन्दा बढी हाम्रो पार्टीमा आउनुभयो ।’नवप्रवेशीलाई अध्यक्ष ओलीसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतले टीका लगाएर पार्टीमा स्वागत गरे ।

नवप्रवेशीहरुले राष्ट्रियताको संरक्षण गर्ने एकमात्र पार्टी एमाले भएको भन्दै आफूहरुले पार्टी प्रवेश गरेको बताए ।

पूर्वको काकडभिट्टदेखि सुरु भएको एमालेको मेची–महाकाली अभियान १५ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web