नेपाललाई एसिया कप छनोट खेल्ने मौका

पुस १२, २०७३ मा प्रकाशित | 905 views

काठमाडौं,पुस १२ । सोलिडारिटी कप च्याम्पियन नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले नेपाललाई एएफसी एसियन कप छनोट खेल्न  प्रस्ताव गरेको हो ।

एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछिएएफसीमा गुवामको स्थानमा नेपाललाई छनोट गरेको हो ।

एसियन कप छनोटको ड्र २३ जनवरी २०१७ मा हुनेछ । २४ देशबीच हुने छनौटबाट १२ टिमले २०१९ मा यूएईमा हुने प्रतियोगिता खेल्नेछन् । छनोट खेल्ने २४ देशलाई ६ समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष स्थानमा रहने दुई टिम एसियन कपका लागि छनोट हुनेछन् ।

नेपालले यसअघि नै एसिया कप छनोट खेल्ने मौका पाएपछि पहिलो चरणमै असफल भएको थियो । विश्व कप २०१८ र एएफसी एसिया कप २०१९ का लागि भएको होम एन्ड अवे छनोटमा नेपाललाई भारतले हराएको थियो । भारतमा २–० ले पराजित भएको नेपालले काठमाडौंमा भने गोलरहित बराबरी खेलेको थियो । पहिलो चरणमै असफल भएपछि नेपालले फेरी एकपटक एएफसीको माथिल्लो स्तरको प्रतियोगिताको छनोट खेल्ने मौका पाउने लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web