एजेन्सी,मंसिर २८ । भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक यस चक्रवात कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको मौसम विभागले भरदाको कारण झण्डै १८ हजार जना विस्थापित भएका बताएको छ । तामिल नाडु राज्यको राजधानी चेन्नइमा झण्डै दुई दशकपछि ठूलो चक्रवात आएको विभागले बताएको छ ।

“दश जनाको मृत्यु भएको पुष्टी भएको छ, गाउँ गाउँबाट विवरण आउदैछन्, क्षति अझै धेरै भएको हुन सक्छ,” राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अभिषेक शन्दीयालले बताउनु भएको छ । ।

चेन्नइमा गत बाढीमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो । चेन्नइ सहर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्पादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा रहेको छ ।

भारतको पूर्वीया राज्य ओडिसामा सन् १९९९ मा आएको चक्रवातको कारण आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस-एएफपी

18.12¡ÆC