जापानमा हाँस कुखुरामा बर्ड फ्लु भेटियो

मंसिर १४, २०७३ मा प्रकाशित | 1326 views

जापान ।
जापानमा हाँस र कुखुरामा बर्ड फ्लु रोगको संक्रमण भएको पाइएको छ ।

जापानको उत्तरी क्षेत्र निगाता र ओमोरी प्रान्तमा यस्त कम्तीमा तीन लाख हाँस कुखुरा नष्ट गरिएको बताइएको छ ।

जापानी अधिकारीहरुले निगाताको एक पोल्ट्री फार्ममा मरेका कुखुरा परिक्षण गर्दा बर्ड फ्लुको संक्रमण भेटिएपछि यतिधेरै हाँस र कुखुरा नष्ट गरेका हुन् ।

जापानका प्रधानमन्त्री शिंजो आवेले नै मंगलबार नै प्रेस विज्ञप्ती निकालेर वर्ड फ्लु संक्रमित क्षेत्रमा सर्तकता अपनाउन अपिल गरेका छन् ।

स्थानीय सरकारलाई स्थितीलाई यथासक्य चाँडो नियन्त्रणमा लिन निर्देशन दिएका आवेले सरकार यसमा गम्भिर रहेको बताएका छन् ।

जापानको निगातामा मरेका २० कुखुरा र  ओमोरिमा दश ओटा हाँसमा संक्रमण भ्ेीटएक्ँे ीथ्इँे ।

केही समय अघि दक्षिण कोरियामा बर्ड फ्लुको संक्रमण भेटिएकाले पंक्षीमार्फत जापानमा यसको संक्रमण फैलिएको अनुमान गरिएको छ ।

वर्ड फ्लुको संक्रमण पाइएपछि निगाता र ओमोरीमा झण्डै दश किलोमिटर आसपासको क्षेत्रमा पंक्षीजन्य कारोबारमा प्रतिवन्ध लगाइएको छ ।

बर्ड फ्लुको संक्रमणबारे जानकारी फैलिएपछि जापानमा यि क्षेत्र नजिकका अन्य क्षेत्रमा पनि पन्छिजन्य मासुको कारोवारमा भारि गिरावट आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web