रहेनन् अमेरिकाको सयौं हत्या प्रयासबाट बाँचेका एक क्रान्ति नायक फिडेल क्यास्ट्रो

मंसिर ११, २०७३ मा प्रकाशित | 1755 views

काठमाडौं, मंसिर ११ । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका हुन् ।  ९० वर्षीय क्यास्ट्राको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ जनाइएको छ ।

उनी १३ अगस्ट १९२६ मा सम्पन्न परिवारमा जन्मेका थिए ।अनुशासन र लगनशीलताका निकै धनी रहेका क्यास्ट्रो पढाइमा मध्यम खालको भएतापनि उनले हवाना विश्व विद्यायबाट कानुनमा स्नातक गरेका थिए ।

फिडेल बाल्यकालदेखि नै समाजका भएका र देखिएका अन्याय र भेदभाव आदिलाई नजिकबाट नियाल्ने गर्दथे । खासगरी, उनले बाल्यकालदेखि नै गरिब र पिछडिएका वर्गप्रति निकै सहानुभूति राख्दथे ।

क्याष्ट्रोले क्युवामा १९५९ मा सशस्त्र क्रान्तिमार्फत साम्यवादी व्यवस्थाको स्थापना गर्ने अभियानमा डटेर लागेका थिए । वामपन्थी विचारधारबाट प्रभावित भएका उनले पढ्दापढ्दै क्युवन पिपुल्स पार्टीको सदस्यता लिएका थिए । उनले जनयुद्धको बाटोबाट राज्यसत्ता कव्जा गर्ने नीति अख्तियार गरि हतियार उठाएपछि क्युवाको छिमेकी राष्ट्र अमेरिकालाई असाध्यै टाउको दुखाईको विषय बनेको थियो ।

२० मार्च १९५३ मा अमेरिकाको समर्थनमा फुल्गेन्सिपी वाटिस्टाले क्युवामा ‘कु’ गरेपछि उनिमा विद्रोही स्वभाव पलाएको पाइन्छ । यसैक्रममा उनले उक्त घटनाको खुलेर विरोध गरि क्रान्तिकारी संगठनको निर्माण अभियानमा जुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web