कम्युनिष्ट नेता तथा क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

मंसिर ११, २०७३ मा प्रकाशित | 1055 views

११ मंसिर, एजेन्सी ।
विश्व कम्युनिष्ट आन्दोलनका एक नेताका रुपमा चिनिएका क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा आज निधन भएको छ ।

क्युवाली सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको हो । क्यास्ट्रोलाई क्यूवाका कम्युनिष्ट क्रान्तिका नायक तथा विश्व कम्युनिष्ट आन्दोलनका एक नेताका रुपमा चिनिने गरिन्छ ।

शुक्रबार मध्यरात मृत्यु भएका भनिएका फिडेल क्यास्ट्रोले करिब आधा सताब्दी क्युवामा कम्युनिष्ट शासन चलाएका थिए ।
उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेर थिए ।

सन् १९१३ अगष्ट १३ मा जन्मिएका क्यास्ट्रोका ९ सन्तान रहेका छन् ।

१९५९ मा क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हटाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका हुन् ।

त्यसपछि उनलाई करिब चार दशकसम्म अमेरिका विरोधीका रुपमा पश्चिमाले व्याख्या गर्दै आएका थिए ।

बाहिरि संसारमा उनको कतै विरोध र समर्थन रहेपनि क्युवालाई स्थायित्व प्रदान गर्ने र विकासमा अघि बढाउने सवालमा उनको योगदानलाई क्युवालीहरुले गर्वका साथ स्मरण गर्नेगर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web