नामिबियासँगको खेलका लागि नेपाली टोलीको घोषणा, को-को परे टोलीमा ?

बैशाख २०, २०७३ मा प्रकाशित | 1101 views

Default News Image

काठमाडौं,चैत २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि बन्दिला वार्नापुरा , प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट अन्तिम टिम घोषणा गरेको हो । पारस खड्काको कप्तानीमा रहेको टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन् ।   
यसैगरी सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेष्वाकर, विनोद भण्डारी,सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन टोलीमा परेका छन्। यसैगरी सन्दीप लामिछाने, करण केसी, सुसान भारी र राजेश पुलामी मगर पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।  नेपाल र नामिबियाबिचको खेल आउँदो वैशाख ४ र ६ गते त्रिवि क्रिकेट मैदानमा हुने छ ।
टिममा को को परे ?

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
सागर पुन
राजु रिजाल
नरेश बुढाएर
शरद भेषवाकर
विनोद भण्डारी
सोमपाल कामी
बसन्त रेग्मी
शक्ति गौचन
सन्दिप लामिछाने
करण केशी
सुशान भारी
राजेश पुलामी 
वैकल्पिक खेलाडी

बिक्रम सोव
दिपेन्द्र सिंह ऐरी 
 प्रेम तामाङ 
अनिल मण्डल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web