२६ कार्तिक, काठमाडौं ।
मकालु एयरको विमान हुम्लाको सिमिकोट बिमानस्थलमा दुर्घटनामा परेको छ ।

बिमानस्थल प्रशासनका अनुसार विमान अवतरणका क्रममा पाङग्रा पञ्चर भएर दुर्घटना भएको हो ।

बिमान सुर्खेतबाट सामान लिएर हुम्ला गएको थियो । ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको पनि कुनै गम्भिर क्षति नभएको बताइएको छ ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ भने पाइलट र कोपाइलट दुईजनामात्र रहेको बिमानमा दुवैजना सकुशल छन् ।

सिंगल इन्जिन कार्गो विमानको पांग्रा पञ्चर टालेर उडान नियमीत गरिने बताइएको छ ।

17.12¡ÆC