प्रचण्ड सरकारले राष्ट्रिय पोसाकको हैसियत खोसेपनि दौरासुरुवाल लगाउने बढे

कार्तिक १३, २०७३ मा प्रकाशित | 1049 views

१३ कार्तिक, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दौरा सुरुवालको  ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ ।

खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको आजको अन्नपूर्णमा समाचार छ ।

धनकुटा नगरपालिका ५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छन् उनी ।

उनले पोहर साल दौरा सुरुवाल कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए ।
ऋयिकभ बम ह्

लगाउनेको संख्यामा बढोत्तरी भएपनि सिलाउने व्यक्तिको अभाव वा कमी हुदा सिलाउन दिएको लामो समय कुर्न पर्ने वाध्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web