नयाँ बर्षमा टोकियोमा डान्सपार्टी

बैशाख २१, २०७३ मा प्रकाशित | 963 views

२४ चैत, टोकियो ।
नेपाली नयाँ बर्ष २०७३ आउनै लाग्दा जापानमा कार्यक्रम गर्ने लहर चलेको छ ।

दिनकै आधा दर्जनसम्म कार्यक्रमहरु हुन थालेको यही मौकामा नयाँ बर्ष मौका पारेर नेपाल इन्टरनेशलन डीजे एसोसिएनको शिन्जुकुमा डान्स पार्टी गर्ने भएको छ ।

एसोसिएसनले अप्रिल १६ तरिख शनिबारका दिन म्युजिक मुभी इन्टरटेन्मेन्ट समुहको प्रस्तुतिमा युनिभर्सल सिटी हल शिन्जुकुमा डान्स पार्टी गर्ने बताएको छ ।

डान्स पार्टीमा डीजे रेशम नागोया, डीजे लाक्पा तोयाहाशी, डिजे नबिन टोकियो र डिजे अरुन र डिजे जोहन् छन्त्यालले उपस्थितलाई नचाउने छन् ।

नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान सहित नेपालीहरुको जमघटमा रमाइलो गर्न आयोजित कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने बताएपनि आयोजकले के कामका लागि भनेर खुलाएको छैन ।

आयोजकले कार्यक्रममा उपस्थितिको लागी सबै जापानबासी नेपालीसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web