७ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव माथि संसदमा पर्सी छलफल हुने भएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा सभामुख ओनसरी घर्तीले त्यस सम्बन्धमा जानकारी दिनु भएको हो ।

सभामुख घर्तीका अनुसार पर्सी ३ बजे बस्ने संसदको बैठकमा प्रस्ताव माथि छलफल हुनेछ ।

माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही सहित १५७ जना सांसदले अख्तियारका प्रमुख आयुक्त कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु भएको थियो ।

संसद बैठकले परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको जीवाणु (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिवन्ध लगाउने तथा तिनलाई नष्ट गर्ने सम्बन्धी महासन्धिको प्रस्तावलाई अनुमोदन गरेको छ ।

अनुमोदन गर्नु अघि प्रस्ताव माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिंदै परराष्ट्र मन्त्री महतले मानव सभ्यतालाई खत्तम गर्ने यस्ता विषात्त हतियारको दरुपयोग रोक्न यो महासन्धीलाई हामीले अनुमोदन गर्नु पर्ने बताउनु भयो ।

यसअघि बैठकको शुन्य समयमा सांसदहरुले, भ्रष्ट्राचारी कसैको नहुने, भुकम्प प्रभावित सबै जिल्लाका वासिन्दाले राज्यले उपलव्ध गराउने रकम पाउनु पर्ने, संखुवासभा र भोजपुर जोड्ने सडक छिटो निर्माण हुने पर्ने तथा शिलान्यास हुने तर वर्षाैसम्म काम सम्पन्ने नहुने प्रवत्तिको अन्त्य हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

संसदको बैठक ९ गते मंगलवार दिनको ३ बजे बस्नेछ ।

16.12¡ÆC