टोकियो विश्वको तेस्रो उत्कृष्ठ शहर

कार्तिक ४, २०७३ मा प्रकाशित | 1319 views

टोकियो ।
विश्वकै तेस्रो आर्थिक सबल देशको सुचिमा रहेको जापान आफ्नो राजधानी टोकियोलाई विश्वकै उत्कृष्ठ तेस्रो नम्वरमा पार्न सफल भएको छ ।

जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार अनुसन्धान संस्था थिइङ्क ट्याङ्क संस्थाले विश्वका प्रमुख शहरहरुको सूचिमा टोकियोलाई तेस्रो स्थानमा राखेको छ ।

टोकियो यसअघि उत्कृष्ठ तीनमा थिएन । अधिल्लो बर्ष तेस्रो स्थानमा फ्रान्सको राजधानी पेरिस रहेकोमा टोकियोले पेरिसलाई पछि पारेको हो ।

भौतिक अवस्था, सुविधा, विकासका रणनीतिका आधारमा विश्वका प्रमुख शहरहरुको सुचिमा टोकियो तेस्रो नम्वरमा परेको हो ।

संस्थाले विश्वका प्रमुख शहरहरुको अर्थतन्त्र, संस्कृतिक अन्तरकृया र पहुँच, व्यक्ति व्यवसायीहरुको शक्ति निर्धारणका आधारमा सूचि तयार पार्ने गरेको बताएको छ ।

विश्वको उत्कृष्ठ शहरको सुचिमा बेलायतको राजधानी लण्डन पहिलो नम्वरमा रहेको छ । यसैगरि अमेरिकाको न्यूयोर्क सिटि दोस्रो नम्वरमा यसअघि जस्तै अडिग रुपमा रहेका छन् ।

पर्यटकको आगमन, रोजगारी समेतको आधारमा टोकियो तेस्रो उत्कृष्ठ शहरमा परेको संस्थाले उल्लेख गरेको छ ।

आगामी २०२० को ओलम्पिक आयोजना गर्ने विशेष तयारीमा रहेको टोकियो शहर यो सुचिमा परेपछि बढ्दै गएको पर्यटक आगमन अझै बढ्ने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web