नेपालको नागरिकता र राहदानी कसले दियो बंगलादेशीलाई

कार्तिक ३, २०७३ मा प्रकाशित | 1666 views

३ कात्तिक, काठमाडौं ।
बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन ।

नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेवल पासपोर्ट दियो ।

राहदानी पाएपछि हुसने साउदी अरेविया जान बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिए । हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गएको समाचार आजको अन्नपूर्णमा समाचार छ ।

विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनको यी सबै प्रक्रिया पूरा भए ।

नेपाली पटक्कै बोल्न नजान्ने हुनेस ४ वर्ष साउदी बसाइ पछि नेपाल फर्किए । त्रिभुवन विमास्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्‍यो ।
तब खुल्यो गैर नेपालीले नागरिकता र पासपोर्ट लिएको रहस्य ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web