काठमाडौं ।
नेपालकै पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको चलचित्र ‘बिजुली मसिन’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

कार्तिक २६ बाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई सिलौटी इन्टरटेनमेन्टले निर्माण गरेको हो । नविन अवलको निर्देशन रहेको चलचित्रमा हावाबाट बिजुली निकाल्न युवा बैज्ञानिकहरुले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ ।

निर्देशक अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाएको बताएका छन् ।

नविन आफ्नैको कथा रहेको चलचित्रमा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले लगानी गरेका छन् । फिल्ममा रोहित शाक्यको संगीत र हरि हुमागाईको छायांकन रहेको छ ।

चलचित्रमा अभिशेक सुवेदी, जीवन अधिकारी, अशेष लुँइटेल, जीवन भट्टराई, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपाल, रियर राई, आकाश मगर, अभिषेस नेपाल, अमृतबाबु केसी, विनिता गुरुङ, रामबाबु रेग्मी, ऐश्वर्या भट्टराई, कृष्ण लुँइटेल र सन्दिप पौडेलको अभिनय छ।

चलचित्रमा विशेष भूमिकामा नायक राजेश हमाललाई देख्न सकिन्छ ।

16.09¡ÆC