३१ भदौ, नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प’ष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति भवन नयाँ दिल्लीमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग भेट गर्नुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गरिएको थियो ।

आजै प्रधानमन्त्री दाहाले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली पनि अर्पण गरे ।

भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुई देशबिचका आपसी हितका बिषयमा कुराकानी भएको थियो ।
आजै स्थानिय समय अनुसार १२ स् ३० मा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिदेशमन्त्री शुष्मा स्वराजले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

आजै बिभिन्न सन्धि सम्झौतामा हस्ताक्षर हुने भएकोले पनि प्रधानमन्त्री र बिदेशमन्त्रीको भेटलाई बिषेश महत्व दिईएको छ ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिचको भेटका क्रममा प्रधानमन्त्री पत्नी सीता दाहाल मोदीसँगै हातबानेर सबेको दृश्य फोटो खिच्दा नमिलेको र यो कुटनीतिक मर्यादा थाहा नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र व्यंग्य हुन थालेको छ ।

तस्विरमा प्रचण्ड पत्नी दाहाल मोदी भएतिर बसकी छिन् भने उनले दुईदेशका प्रधानमन्त्रीले हात मिलाएर फोटो खिचीरहेको बेलामा रिसाएको जस्तो ढुस्स अनुहारमा हात बानेर बसेको देखिन्छ ।

19.12¡ÆC