सेप्टेम्वर २४ मा जनप्रगतिशील समाज जापानको अधिवेशन

भदौ २६, २०७३ मा प्रकाशित | 966 views

जापान ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा 'माओवादी' को प्रवासी संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोस्रो अधिवेशन सेप्टेम्बर २४ मा हुने भएको छ ।

टोकियोको शिनओकुबो स्थित नेपाली मुरा हलमा विहान १० बजेबाट अधिवेशन सुरु हुने आयोजक समितिले जनाएको छ ।

‘एकीकृत जनक्रान्ति’ लाई नेपालमा राजनैतिक क्रान्ति गर्ने कार्यदिशाको रुपमा प्रस्तुत गरेको माओवादीले मध्यम वर्गलाई पनि क्रान्तिको आधार शक्तिको रुपमा परिभाषित नै गरेको छ ।

जापानमा रहेका माओवादी सम्बन्ध समाजले आफ्नो दोस्रो अधिवेशन ‘मध्यम वर्ग सहितको एकीकृत जनक्रान्तिमा सहभागी बनौं १ नेपाली जनप्रगतिशील समाज, जापानको दोस्रो अधिवेशन भब्य रुपले सफल पारौं ‘ नारा दिएर तयारीमा जुटेको छ ।

दुई हप्ता पछि हुने अधिवेशनमा सहभागी हुन नेकपा 'माओवादी' का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड ‘ र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कन्चन’ जापान आउने निश्चित भएको आयोजले जनाएको छ । गाउँ र सहरमा एकै पटक क्रान्ति गर्ने भन्दै नयाँ कार्यदिशा प्रस्तुत गरेको माओवादीले आगामी फागुनमा महाधिवेशन गर्ने बताईसकेको छ ।

प्रवासमा जनयुद्वमा सहभागी भएका पूर्व माओवादी नेता, जनमुक्ति सेना तथा कार्यकर्ता देखि सम्पूर्ण प्रवासी नेपालीहरुलाई आफूहरुले प्रस्तुत गरेको क्रान्तिको नयाँ मोडेल ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ बारे बुझाउन पनि माओवादीका उच्च स्तरका नेताहरु जापान आउन लागेको अधिवेशन आयोजक समितिले जनाएको छ ।

जापानवासी नेपालीका लागि सेप्टेम्वर २४ तारिख ३ बजेबाट मुरा हलमा हुने वृहत अन्तरक्रिया तथा औपचारिक कार्यक्रममा उपस्थितीका लागि आयोजक समितिले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web