विनियोजन विधेयकसँग आश्रीत तिन विधेयक पारित गर्न अर्थ समितिको निर्देशन

भदौ २३, २०७३ मा प्रकाशित | 900 views

२३ भदौ, काठमाडौं ।
व्यवस्थापिका–संसद्को अर्थ समितिले राजनीतिक सहमति गरेर विनियोजन विधेयकसँग आश्रित तीनवटै विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहिबार बसेको समितिको बैठकले बजेटसंग सम्वन्धीत पासहुन बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्ले खर्च गर्ने विधेयक पारित गरेको तर खर्च जुटाउने विधेयक पारित नगर्दा आर्थिक चक्रमा असर पर्ने भएकाले त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सहमति जुटाएर छिट्टै विधेयक पारित गरिने बताउनुभयो ।

बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले पुँजीगत खर्चलाई बढाउनुपर्ने बताउनुभयो ।

अर्थसचिव शान्तराज सुवेदीले १० खर्ब ४८ अर्बको बजेट विनियोजन भइसकेको अवस्थामा अन्य विधेयक बाँकी हुनुले तत्काल समस्या सिर्जना नभएजस्तो देखिए पनि यसले समस्या निम्त्याउने बताउनुभयो ।

राजस्व सचिव राजन खनालले विनियोजन विधेयक आश्रित विधेयक पारित नहुँदा २०१२ सालको सूचित आदेशबाट कर उठाउनुपरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web