भवन भट्टबारे भ्रामक समाचार प्रकाशित गर्न लगाउनेमाथि कारवाही गर्न एनआरएन जापानको माग

भदौ २३, २०७३ मा प्रकाशित | 1334 views

२३ भदौ, टोकियो ।
भूकम्पपीडित राहत कोषबारे एनआरएन जापानले विज्ञप्ति प्रकाशित गर्दै कोषको रकम व्यक्तिगत खातामा राखेको भन्ने समाचारको खण्डन गरेको छ ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाद्धारा जारी विज्ञप्तिमा "भूकम्प पिडितको नाममा ब्रम्हलुट, भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा"" शीर्षकको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कुनै समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ ।

'गैर आवासीय नेपाली संघको एक सच्चा अभियन्ता भवन भट्टको नाम जोडेर आएका कुरा प्रति गैरआवासीय नेपाली संघ जापानको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ-'उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचारको एनआरएन जापान खण्डन गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ ।'

'बिश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एक विशुध्द गैर राजनितिक संस्था हो । तर विभिन्न स्वार्थवस केही गलत मानसिकता भएका ब्यक्तिहरुले गैर आवासीय नेपाली संघको गरिमामा आँच आउने गरी गतिबिधि गर्नु आफैमा दुर्भाग्यपूर्ण हो । एउटा संचारमाध्यममा बदनियतपूर्ण भ्रामक र कपोकल्पित समाचार प्रकाशित भएको र प्रकाशित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि एनआरएन आइसिसिद्वारा कडा कार्वाहीका निमित्त गैरआवासिय नेपाली संघ जापान जोडदार माग गर्दछ' अध्यक्ष थापाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एनआरएन आइसिसी उपाध्यक्ष भट्ट र राहत कोषले समेत छुट्टै विज्ञप्ति प्रकाशित गरिसकेको घटनाबारे आफ्नो धारण सार्वजनिक गरेको एनआरएन जापानले 'संघका अध्यक्ष श्री शेष घलेज्यूको समेत तस्विर राखेर दुराग्रहपूर्ण तरिकाले उक्त सामाचार प्रकासित गर्ने नेपाल बिर्टेन डट कमलाई सचेत गराउँदै  समाचार प्रकासित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि कडा कार्वाहीका निमित्त गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद संग' माग गरेको छ ।

६ बुँदामा बुँदागत रुपमा आरोपको खण्डन गरिएको विज्ञप्ति यस्तो छ

भूकम्पपीडित राहत कोषबारे एनआरएन जापानको
प्रेस विज्ञप्ति

नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा भूकम्प पिडितको नाममा ब्रम्हलुट    'भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा' शीर्षकको समाचारमा गैर आवासीय नेपाली संघको एक सच्चा अभियन्ता भवन भट्टको नाम जोडेर आएका कुरा प्रति गैरआवासीय नेपाली संघ जापानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचारको एनआरएन जापान खण्डन गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

बिश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एक विशुध्द गैर राजनितिक संस्था हो । तर विभिन्न स्वार्थवस केही गलत मानसिकता भएका ब्यक्तिहरुले गैर आवासीय नेपाली संघको गरिमामा आँच आउने गरी गतिबिधि गर्नु आफैमा दुर्भाग्यपूर्ण हो । एउटा संचारमाध्यममा बदनियतपूर्ण भ्रामक र कपोकल्पित समाचार प्रकाशित भएको र प्रकाशित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि एनआरएन आइसिसिद्वारा कडा कार्वाहीका निमित्त गैरआवासिय नेपाली संघ जापान जोडदार माग गर्दछ ।

गैर आवासीय नेपाली संघको इतिहासमा संस्थाका निमित्त सबैभन्दा बढि योगदान गर्ने तथा सकृय रहने अभियन्ताहरुमा सधैव अग्रपङ्तिमा रहनुभएका आदरणीय गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री भवन भट्टज्युलाई जोडेर रचिएको उक्त मनगडन्ते समाचारमा कुनै सत्यता नरहेको तथा संस्थाको गरिमामा आच पर्‍याउने बदनियत देखिन्छ ।

संघका अध्यक्ष श्री शेष घलेज्यूको समेत तस्विर राखेर दुराग्रहपूर्ण तरिकाले उक्त सामाचार प्रकासित गर्ने नेपाल बिर्टेन डट कमलाई सचेत गराउँदै  समाचार प्रकासित गराउन प्रेरित गराउने बिकृत मानसिकता भएका ब्यक्तिहरु माथि कडा कार्वाहीका निमित्त गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद संग जोडदार माग गर्दछौं । साथै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय बैठकलाई उदृत गरि सामाचार आउनुले अन्तराष्ट्रिय समन्वय परिषदको गोपनियतामा गम्भिर प्रश्न खडाभएको छ ।

समाचारमा आएका कुराहरुको तथ्यगत खण्डन
१ संबन्धित व्यक्ति उपस्थित नभएको अवसरपारी बैठकमा कुरा उठाउनु आफैंमा गलत भएको ।
२ उठेको प्रश्नको संस्थाका जिम्मेवार व्यक्तिहरुबाट स्पष्ट जवाफ आइसके पछि पनि मिडियामा वदनीयतपूर्वक समाचार प्रेशित गरिएको ।
३ भूकम्प पीडितका नाममा उठाइएको पैसा व्यक्तिको खातामा नभै भूकम्पपीडित राहत कोषको  खातामा रहको  ।
४ उठेको रकम मध्ये ३ करोड जापानी येन एनआरएनए आइसिसिको खातामा पठाइएको ( आकस्मिक उद्धार कोष ) र बाँकी २ करोड ३० लाख १ हजार ७०३ जापानी येन समितिको खातामा रहेको ।
५ यो रकम एनआरएन जापानले मात्रै उठाएको नभै जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समितिले उठाएको हो ।
६ भूकम्पपीडित राहत कोष समितिले छलफल प्रारम्भ गरि भुकम्प ग्रस्त छेत्रमा  प्लस टु सम्मको विद्यालय  अथवा घर (जापान भिलेज  ) साथै -सामूयिक भवन मध्ये १     उपयुक्त निर्माणको लागि  जापान बासी नेपाली हरुको राय सुझाब सल्लाहको निम्ति अपिल गरिसकेको अवस्था छ साथै पटक पटक मिडियामा संचित रकम बारे समिति तथा गैर आवासीय नेपाली संघ जापानले जानकारी गराउदै आएको छ l

एनआरएन जापान एनआरएनको हरेक अभियानमा अग्रस्थानमा रहेर काम गर्दै आइरहेको सर्वविदितै छ । हामी आगामी दिनमा पनि अझ उत्साहका साथ अभियानलाई अगाडि बढाउने कुरामा संकल्पित छौं । भुकम्प पिडितको नाममा उठेको १ येन रकम पनि हिनामिना हुनु हुदैन र वास्तविक पिडित सम्म पुगोस भन्ने मान्यता एनआरएन जापान राख्दछ ,चाडो भन्दा चाडो सबैको सर-सल्लाहमा पिडितका दिर्घकालिन समस्या समाधान हुने खालका कार्यमा संचित रकम उपयोग गरिने छ भन्ने बिश्वाश दिलाउन चाहन्छौ l

सुदन थापा
अध्यक्ष
गैर आवासीय नेपाली संघ जापान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web